७ मंसीर,काठमाण्डौ – यतिवेला चुनावी सरगर्मीले देश तातेकोछ । पहिलो चरणको चुनाव मंसीर १०गते हुँदैछ भने दोश्रो चरणको चुनाव मंसीर २१ गते हुँदैछ । नेताहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई पनि उत्तिकै महत्व दिईरहेका छन् । मानौ कृषकहरुलाई असारको १५ झैं भएको यतिवेला हाम्रा उमम्मेदवारहरुलाई, कसरी आफ्ना मतदाताहरुलाई आफुतीर आकर्षित गर्ने र कसरी जनअभिमतलाई आफुतिर खिच्ने भन्नेमा लागी परेका छन् साना या ठूला दलाका उम्मेद्वारहरु ।
चुनावी प्रचारकै क्रममा रक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदाश प्रधानले पनि यतिवेला आफ्नो चुनावी क्षेत्रमा घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
आफुले जितेमा आफ्ना क्षेत्रका जनताहरुको हितको लागी काम गर्ने उनले वताएका छन् ।काठमाण्डौको चुनावी क्षेत्र नं ६ वाट उनले आफ्नो उम्मेद्वारी दिएका हुन् । प्रधानको चुनावी क्षेत्र अन्तगर्त काठमाण्डौको वागवजार, वालाजु, साङला, झोर, फुटुङ्ग लगायतका क्षेत्र पर्दछन् । यस क्षेत्रमा दोश्रो चरणको चुनाव अन्तगर्त मंसीर २१ गते चुनाव हुँदैछ । प्रधानले प्रतिनिधिसभाका लागी आफ्नो उम्मेद्वारी दिएका छन् ।