Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

Wednesday, November 22, 2017 National Power

६ मङसिर . जिम्बावे – जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ ।उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ ।

उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान र नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपति मुगाबेलाई हटाउन यहाँको सत्तारुढ तथा विपक्षी दलले नै संसदमा महाभियोग दर्ता गर्ने प्रकिया शुरु गरेका थिए ।

सो प्रस्तावका लागि प्रक्रिया सुरुभए लगत्तै उहाँले अप्रत्यासित राजीनामा दिनुभएको हो । सो अभियोगका बारेमा सभामुखले संसदमा नै उक्त पत्र पढेर नै सुनाउनुभएको थियो ।

मङ्गलबार नै सांसदहरुले सो घोषणाको समर्थन पनि गरेका थिए । तर मतदानमा भने लगिएको थिएन । यसैबीचमा उहाँले राजिनामाको घोषणा गरेपछि जिम्बावेका नागरिकहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए ।

मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्ग्वालाई दुई हप्ताअघिमात्र पदबाट हटाउनुभएको थियो । त्यस लगत्तै जिम्बावेको सेनाले जिम्बावेको शसान सत्ता हातमा लिएको घोषणा गरेको थियो ।

सत्तारुढ जानु पिएफ दलका अधिकारीहरुले अब वैधानिक हिसाबले नै यसअघि हटाइएका उपराष्ट्रपति मनाङ्गाग्वाले नै बिहीवारसम्ममा राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन् ।

यहाँको विपक्षी दलले भने जिम्बावेमा आगामी केही महिनामा नै स्वतन्त्र र निष्पक्ष रुपमा आम निर्वाचन गरी राजनीतिक निकास दिनुपर्ने बताएको छ ।