Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन : महतो

Wednesday, November 22, 2017 National Power


६ मंसिर, धनुषा – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेस र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताउनुभएको छ ।धनुषाको नगराइन नगरपालिकास्थित लगमा आज आयोजित चुनावी सभामा उहाँले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न सबैमा अपिल गर्नुभयो ।

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता महतोले भन्नुभयो– “मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ ।”

हाम्रो आन्दोलन मधेशअधिकार सम्पन्न नभएसम्म जारी रहने उल्लेख गर्दै उहाँले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।

नेता महतोले राजपा जिते मात्रै मधेशको जित हुने बताउँदै “मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउनुस् भन्नुभयो ।”

“काँग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन्” उहाँले भन्नुभयो — “राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ ।”