Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

पशुपति आर्यघाटमा प्रकाश दाहालको अन्त्येष्टि

Sunday, November 19, 2017 National Power

३ संसिर,काठमाण्डौ – आइतबार बिहान निधन भएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनलाई पिता दाहालले दागबत्ति दिएका छन्। स्व.दाहालको आइतबार बिहान नर्भिक अस्पताल पुर्‍याउनु अघि नै निधन भइसकेको अस्पताल प्रशासनले दाबी गरेको छ ।

उनको आकस्मिक हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो । त्यसपछि उनको पार्थिव शरिरलाई दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो ।

पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै उनको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले उनलाई श्रद्धान्जली अर्पण गरेका थिए ।