Sunday 13th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने, ४ बजेपछि पशुपतिमा अन्त्यष्टि गरिने

Sunday, November 19, 2017 National Power

३ मंसिर, काठमाडौं – दिवंगत प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको थियो । उनको शव अहिले नर्भिक अस्पतालमै छ । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् । अन्य आफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडौं केन्द्रित भएका छन् ।