मलेसियामा जारी अण्डर १९ एसियाकप क्रिकेटमा नेपालले भारत माथि ऐतिहासिक जित दर्ता गरेको छ । मलेसियाको वायोमास ओभलमा भएको खेलमा नेपालले भारतलाइ २० रनले पराजित गरेको हो । जितसंगै सेमिफाइनलमा पुगने नेपालको सम्भावना जिवितै छ ।
कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउण्ड प्रदर्शन गरेपछि नेपाल राहुल द्रविडको टिमलाइ पराजित गरेको हो । टस हारेर पहिले व्यटिगं गरेको नेपालले ५० ओभरमा ८ विकेटका क्षतिमा १८५ रन बनाएको थियो । जवाफमा भारले ४८.३ ओभरमा सबै विकेट गुमाइ मात्र १६५ रन बनाउन सक्यो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ८८ रन बनाउनुका साथै ४ विकेट समेत लिएका थिए ।