Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

एमाले र ओवादी केन्द्र, केन्द्रमा तालमेल : गाउँमा कुटाकुट

Monday, November 6, 2017 National Power

२० कार्तिक,काठमाडौं – डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउ“दै एमाले र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच कुटाकुट भएको छ । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाहीमाथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ । चिर्पट प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रचार टोली गाउँमा पुगिसकेपछि शाहीमाथि आक्रमण भएको एमालेले जनाएको छ ।
कुटपिटपछि गम्भीर घाइते भएका शाहीको प्रारम्भिक उपचार कालिका पमली अस्पतालमा गर्दा पनि होस नखुलेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।