Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपाली कांग्रेस आफ्नै कारण कमजोर भएको प्रचण्डको टिप्पणी, विपीको आदर्शतिर फर्कन सुझाब

Sunday, November 5, 2017 National Power

१९ चितवन,कार्तिक – पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं। ३ का उम्मेदवार प्रचण्डले नेपाली कांग्रेस आफ्नै कारण कमजोर हुँदै गएको बताएका छन् । चितवनको चनौलीमा पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ।

तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ । अब तपाईहरु बामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस् । तपाईहरु पनि मिल्नुस् । बिपीको आदर्शतिर फर्कनुस, त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ । “स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिन्छ । हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं“ प्रचण्डले भने । स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजानका लागि वाम गठबन्धन गरिएको प्रचण्डको स्पटोक्ति छ ।