Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

देश र जनता प्रेमी नेतालाई जनताले मतदान गर्ने छन् : सिद्धिमान लामा

Saturday, November 4, 2017 National Power

१८ कार्तिक, काठमाण्डौ – आफ्नो क्षेत्रमा भईरहेका विकाश निर्माणका कार्यहरु निकै सुस्त गतिमारहेकोल आफ्नो क्षेत्रको विकाश गर्नका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । प्रदेश सभाको चुनावको लागि काठमाण्डौ क्षेत्र नम्बर ६ बाट समानुपातिकको उम्मेदवारमा सिफारीस भएका नेकपा मालेका नेता सिद्धमान लामाले आफ्नो क्षेत्रमा शिक्षा स्वास्थ्य खाने पानीलगायत विकासका पुर्वाधारहरुमा निकै पछाडी परेको बताउनुभएको छ ।

वि सं २०४६ साल देखि नेपाली राजनितिमा होमिएका नेता लामा आफु सधै देश र जनताको पक्षमा उभिएको र आफ्नो क्षेत्रमा हुने सबै खाले विकास निर्माणका कार्यक्रमहरु तिब्र गतिमा अगाडी बढाउन सधै दवाव दिदै आईरहेको बताउनु भएको छ । उहाँले “ गाउ फर्क अभियान देखि स्थानीय स्तरमै रहेर खवरदारी गर्दा गर्दै विकास निर्माण अगाडी बढ्न सकेन आफ्नो समाज क्षेत्रको समस्या कहिल्यै समाधान भएन, आवाज उठाउदा पनि आवाज सुनिएन् अनि आफै नेता बनेर आउदा पक्कै पनि यी समस्याको समाधान हुन्छ भन्ने उदेस्य र लक्ष्यका साथ म चुनावी मैदानमा उत्रिएको हुँ ” भन्नुभयो ।

नेकपा माले भन्दा अगाडी ठुला ठुला पार्टीहरु पनि छन् नि उहाँहरुले गर्न नसकेको विकास तपाईको मालेले गर्ला त भन्ने प्रश्नमा उहाँले भन्नुभयो “कुनै पनि सडक सञ्जाल लगायतका पुर्वाधार विकास कुनै पनि पार्टीले गर्ने होईन पार्टीले कहिले पनि गर्दैन उसले त खवरदारी गर्ने हो खबरदारी गर्नका लागि उ विकाश प्रेमी र सक्तिशाली हुनै पर्दो रहेछ” भन्नुभयो । काठमाण्डौको पुर्वि क्षेत्रमा रहेको तारकेश्वर नगरपालिका साङला क्षेत्र सिक्किम र दार्जिलीङ जस्तो गन्तव्य स्थल बन्नु पर्ने ठाउ जहिले पनि पिछडिएको हुनाले पनि आफु चुनावी मैदानमा आउन बाध्य भएको हुँ”भन्नुभयो ।

नेता लामाले भन्नुभयो “नेकपा माले देश र विकाश प्रेमी, बलेको आगो नताप्ने तर निभेको आगो बाल्ने तिर लाग्ने पार्टी भएकोले पनि आफु नेकपा मालेमा पार्टीमा लागेको समेत बताउनु भएको छ । निकै लामो समय नेपाली जनतामाझ लोकप्रिय रहेका नेता लामाले जनताले अव ठुलो पार्टी सानो पार्टी भन्दा पनि देश प्रेमी जनता प्रेमी राजनेतालाई आफ्नो मत दिएर जिताउनेमा आफु ढुक्क रहेको समेत बताउनुभयो ।

काठमाण्डौ क्षेत्र नम्बर ६ का समानुपातिक उम्मेदवार नेकपा मालेका नेता सिद्धिमान लामाले नेशनल पावर न्युज डट कमका सह सम्पादक कमला जोशी संग गरिएको कुराकानी

हेर्नुस भिडियो सहित