Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

एजुकेश अवार्डको उत्कृष्ठ १०को मनोनयनमा पर्न सफल छुटेका स्कुल तथा कलेजलाइ प्रमाण पत्र वितरण

Wednesday, November 1, 2017 National Power

१५ कार्तिक, काठमाडौँ -आगमी कार्तिक २५ गते हुन गइरहेको कंगारु नेशनल पावरन्युज एजुकेशन अवार्डको मनोनयनमा परेका र गत भाद्र २० गते भएको प्रमाणपत्र वितरणमा उपस्थित हुन नसकेका स्कुल तथा कलेजहरुलाइ आज एक कार्यक्रमका विच सहकारी विकास मन्त्री दिलनाथ गिरीले प्रमाण पत्र वितरण गरेका छन् ।

रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रमका विच वाँकी रहेका स्कुल तथा कलेजहरुलाई उत्कृष्ठ १० मा पर्न सफल प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले यस्ता किसिमको कार्यक्रमबाट नेपालको शिक्षा क्षेत्रलाइ थप प्रतिष्प्रधात्मक बनाउन सफल हुनेमा विश्वास गरे । नेपालमा पहिलो पटक शिक्षा क्षेत्रलाइ समेटेर अवार्ड कार्यक्रम गरेकोमा आयोजकलाइ धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमहरुलाइ निरन्तरता दिन पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै डा. इवामुरा अस्पतालका अध्यक्ष उत्तम कर्माचार्यले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि यो कार्यक्रम निकै फलदायी हुने बताए । त्यस्तै जेष्ठ नागरिक कोषका सभापती रामकृष्ण कर्माचार्यले नेपालको शैक्षिक ईतिहासमा यो कार्यक्रमले निकै योगदान दिने बताए ।

कार्यक्राको बारेमा प्रकाश पार्दै नेशनल पावरन्युजका एजुकेशन अवार्डका अध्यक्ष माधवराज खरेलले आगामी कार्तिक २५ गते नेपाली शैक्षिक इतिहासमा नयाँ अध्याय हुने बताए । उत्कृष्ठ १० मा पर्ने सबै स्कुल तथा कलेज उत्कृष्ठ रहेकोले प्राविधिक रुपमा एउटाले अवार्ड जिते पनि सैद्धान्तिक रुपमा भने सबै विजेता भएको बताए ।

यस कार्यक्रमको फाइनल आगमाी कार्तिक २५ गते जमल स्थित नाचघरका दिनको १ बजे शुरु हुने पनि आयोजकले जनाएको छ ।