Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

जिल्ला अस्पताल, खोटाङमा दन्त सेवा शुरु

Wednesday, November 1, 2017 National Power

१५ कात्तिक, खोटाङ -जिल्ला अस्पताल खोटाङमा दन्त सेवा शुरु गरिएको छ । दन्त विशेषज्ञ एञ्जिला श्रेष्ठलाई करारमा ल्याएर अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो । अस्पताल स्थापना भएको २६ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । २०४८ सालमा स्थापना भएको अस्पतालमा दाँतका समस्या भएका बिरामीको संख्या अधिक पाइएकाले करारमा विशेषज्ञ ल्याएर दन्त सेवा शुरु गरिएको हो ।

दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकामा दन्त विशेषज्ञमार्फत सेवा थालिएको अस्पतालले जनाएको छ । “अस्पतालमा दाँतका रोगी धेरै आउने गरेकाले विशेषज्ञ ल्याएर सेवा दिन थालिएको हो,” डा केसीले भन्नुभयो, “अब दाँतसम्बन्धी समस्या भएका बिरामीको सम्पूर्ण उपचार यहीँ हुन्छ ।”

जिल्लामा यसअघि सरकारी अस्पतालमा दन्त सेवा नहुँदा दाँतका बिरामीले चर्को मुल्य तिरेर निजी क्लिनिकमार्फत सेवा लिने गरेका थिए । निजी क्लिनिकमा उपचार गराएका कतिपय बिरामीको दक्ष जनशक्ति अभावमा जटिल समस्या समेत सिर्जना हुने गरेको छ ।