Friday 1st July 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

राइनो संरक्षण गोल्डकप आजदेखि

Monday, October 30, 2017 National Power

१३ कात्तिक,नवलपरासी – मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि नवलपरासीमा शुरु हँुदैछ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि गर्न लागिएको हो । आयोजक एक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २५ गतेसम्म हुनेछ ।

नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् । खेलकुद विकास र जैविक विविधताको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताबाट देश विदेशमा गैँडा संरक्षणको सन्देश दिन लागिएको र प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।