Sunday 14th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

भूकम्पपीडितलाई प्राविधिकबाट घर बनाउने अनुमति नपाउँदा बासको समस्या

Sunday, October 29, 2017 National Power

१२ कात्तिक, रामपुर  -निस्दी गाउँपालिका २ सहलकोटका भूकम्पपीडितलाई प्राविधिकबाट घर बनाउने अनुमति नपाउँदा बासको समस्या परेको छ । भूकम्प गएको करिब तीन वर्षसम्म टहरामा बास बस्दै आइरहेका यहाँका भूकम्पपीडितलाई बास बस्ने टहरो पनि अहिले भत्किन थालेपछि बास कसरी बिताउने भन्ने चिन्ताले सताएको छ ।

प्राविधिकको सल्लाह नपाउँदा घर बनाउने कार्यमा अन्यौलता छाएको सहलकोटका स्थानीयबासिन्दा भुमबहादुर रानाले बताए ।“राहतबाट बनेको टहरो पनि पुरानो भएर भत्कन थालिसक्यो”, “सरकारले पहिलो किस्ता उपलब्ध त गराएको छ तर निर्माण शुरु गर्नका लागि प्राविधिकहरु गाउँमा अहिलेसम्म आइपुगेका छैनन” उनले भने ।आफ्नै निर्णयले घर बनाएको भए अहिलेसम्म घर बनिसक्थ्यो, प्राबिधिकको कारणले घर बनाउन नपाएको उनले गुनासो गरे ।

अर्का भूकम्पपीडित पूर्णबहादुर गाहालाई भूकम्पपछि बनाएको टहरो अहिले भत्किएपछि बासको पिरलो परेको छ । “जसोतसो बास बस्ने टहरो थियो, त्यही टहरो पनि भत्किएर छिमेको घरमा बस्नुपर्ने अवस्था आयो” उनले दुखेसो पोखे ।दुई दिनसम्म उनीटहरो भत्किएपछि छिमेकीको घरमा बास बसे । अहिले भने भत्किएको त्यही टहरोलाई छिमेकीको सहयोगमा सामान्य मर्मत गरेर बास बस्दै आएका छन् तर त्यो पनि कतिबेला भत्किन्छ भन्ने टुंगो छैन ।

तीन वर्षाद् र दुई हिउँको समय टहरामै जीवन बिताएका अधिकांश भूकम्प प्रभावितको समस्या उस्तै छ । अबको जाडोको समय कसरी बिताउने भन्नेमा पीडितहरु पिरोलिन थालेका छन् ।सरकारले पुनःनिर्माणमा बेवास्ता गर्दा आफूहरुले अझै पनि टहरामै बास काट्नु परेको पीडितहरु बताउँछन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार पाल्पा जिल्लामा ४ हजार ६५२ घर पुनःनिर्माणका लागि छनौट भएका छन् ।

साविक सहलकोट गाविसका ३१५ घरमध्ये पछिल्लो तथ्याङ्कअनुसार १४६ घर पुनःनिर्माणका लागि छनौटमा परेको छ ।जिल्ला समन्वय समिति पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाका अनुसार पाल्पाका झण्डै ५० प्रतिशत पीडित घरपरिवारलाई पहिलो किस्ताको रकम ५० हजार वितरण भइसकेको छ । तर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि कुनै कर्मचारी नखटाउँदा निर्माण कार्यले भने गति लिन सकेको छैन ।