Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विद्यालयलाई सात रोपनी जग्गा दान

Sunday, October 29, 2017 National Power

१२ कात्तिक, पर्वत – पर्वतको एक दम्पतीले जमिन खरिद गरेर विद्यालयलाई दान दिनु भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं। ४ क्याङ्गमा किरण पुन र युगमाया पुन दम्पतीले सात रोपनी जमिन खरिद गरेर स्थानीय बाजुङ्ग आधारभूत बिद्यालयलाई शुक्रबार दान दिनुभएको हो ।

पुन दम्पतीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चामबहादुर पुन र प्रधानाध्यापक अमबहादुर पुनलाई सो जमिनको लालपूर्जा हस्तान्तरण गर्नुभयो । विद्यालयलाई भवन निर्माण र खेल मैदानका लागि आवश्यक परेको जमिन आफूले खरिद गरेर विद्यालयलाई दान दिएको किरण पुनले बताउनुभयो । पुनले सात रोपनी जमिन रु। ७ लाखमा गत वर्ष खरिद गर्नुभएको थियो ।

लामो समयदेखि रोजगारीका लागि बेल्जियममा बस्दै आएका पुन दम्पती कै पहलमा विद्यालयका लागि संकलन गरिएको रु दुई लाख ५० आर्थिक सहयोगको चेक पनि सोही कार्यक्रममा विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । संकलित सहयोगलाई अक्षयकोषको रुपमा राखेर गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति बितरण गरिने विद्यालयका प्रअ अमबहादुरले जानकारी दिनुभयो ।
यसैगरी किरण पुन र युगमाया पुनले गएको वर्ष विद्यालयको खेलमैदान र मैदानमा प्याराफिट समेत निर्माण गरिदिनु भएको थियो ।