Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

तनहुँको दमौलीमा जारी महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती

Sunday, October 29, 2017 National Power

१२कात्तिक,तनहुँ – तनहुँको दमौलीमा जारी दोस्रो तनहुँ आदिवासी जनजाती सांस्कृति महोत्सवमा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती देखिएको छ । शनिवार चौथो दिन मात्रै ५५ हजार दर्शकको उपस्थिती रहेको महोत्सवका प्रवक्ता सिद्धार्थ थापामगरले जानकारी दिएका हुन् । राष्ट्रिय लोक दोहोरी कलाकार रामजी खाँडको प्रस्तुति रहेको दिन ६ लाख ४० हजार रुपैयाँको टिकट विक्री भएको प्रवक्ता मगरले बताए ।

आदिवासी जनजाती युवामहासंघको केन्द्रिय उपमहासचिवसमेत रहेका मगरका अनुसार चौँथो दिन २२ लाख रुपैयाँको आर्थिक कारोबार भएको थियो । महोत्वसको आकर्षणको रुपमा रहेको सेती मादी जलविहार मात्रै ५ टिप भएको थियो । अहिलेसम्म १४ टिप जलविहार भइसकेको छ । त्यस्तै महोत्सवका बेला होमस्टेप्रति पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । बन्दिपुर, भिमाद र तनहुँसुरमा संचालित होमस्टेमा अवलोककनर्तालाई लैजाले व्यवस्था गरिएको प्रवक्ता मगरले जानकारी दिएका छन् । अहिलेसम्म ४ जनाभन्दा बढि अवलोकनकर्ता होमस्टेमा गएका छन् ।नितान्त आदिवासीको खानपान, भेषभुसा र संस्कृतिको प्रदर्शनी रहेको महोत्सवमा गूरुङ, मगर, भोटे, भुजेल, दराई, कुमाल, तामाङ जातीको घरसहितको संग्रहालय राखिएको छ । ४ दिनमा २ लाख ६० हजारले अवलोकन गरिसकेका छन् भने १० दिनसम्म चल्ने महोत्सव अवधिभर १० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको छ । अहिलेसम्म २ करोडभन्दा बढिको आर्थिक कारोबार भइसकेको छ । गत ८ गतेदेखि सुरु भएको महोत्सव १७ गतेसम्म चल्ने छ ।