Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

कपिलवस्तुमा ठूलो परिमाणको विस्फोटक पदार्थ नष्ट

Saturday, October 28, 2017 National Power

 

११ कार्तिक,कपिलवस्तु –  चाडपर्वका बेला कृष्णनगर आसपासका क्षेत्रबाट विभिन्न समयमा बरामद गरिएको प्रज्वलनशील विष्फोटक पदार्थ एक कार्यक्रमका बीच प्रहरीले नष्ट गरेको छ । भारतबाट नेपालतर्फ लुकाईछिपाई गरी ल्याउँदै गरेका झण्डै पचास हजार रकम बराबरको पटाकाजन्य विष्फोटक पदार्थ इलाका प्रहरी कार्यालय कृष्णनगरले लालकोठी कमाण्ड अगाडिको पोखरीमा खाल्डो खनेर पुरेको हो ।

दीपावलीकाबेला अबैध सामानका साथै विस्फोटक पदार्थ नेपाल भित्रिन सक्ने भन्दै विशेष चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ती टोलीले विभिन्न समयमा सो परिमाणको विष्फोटक पदार्थ बरामद गरिएको प्रहरी निरीक्षक सुभाष गैरेले जानकारी दिए ।

पटाका लगायत प्रज्वलनशील पदार्थहरु विक्री वितरण र ओसारपसारमा रोक लगाइएको भएपनि भारतबाट अबैध रुपमा भन्सार छली विस्फोटक पदार्थ नेपाल भित्रिएको गैरेले बताए । गैरेका अनुसार दीपावलीको अवसरमा यसअघि पनि कृष्णनगर नाकाबाट अबैध रुपमा भित्रिएका दुई लाख बढीको पटाकाजन्य विस्फोटक पदार्थ नष्ट गरिएको थियो ।

सीमाक्षेत्रमा हुने अबैध चोरी निकासी रोकथामका लागि खटिएका प्रहरी टोलीले कृष्णनगर आसपासका विभिन्न क्षेत्रबाट विभिन्न समयमा चेकजाँचका क्रममा आतसबाजी, झिरझिरे, पटाका, भुइँचम्पा लगायतका प्रज्वलनशील विस्फोटक पदार्थ ९पटाका० बरामद गरिएको प्रहरी निरीक्षक गैरेले जनाए ।

दीपावली सकिए लगत्तै बरामद गरिएको पटाका स्थानीय पत्रकार, बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका कर्मचारी र कृष्णनगर नगरपालिकाका कर्मचारी समेतको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक गैरेले बताए ।