Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

बिर्तामोड गोलीकाण्डमा मारिएका थापाका परिवारलाई १० लाख दिने निर्णय

Saturday, October 28, 2017 National Power

११ कात्तिक, झापा – बिर्तामोड गोलीकाण्डमा मृत्यु भएका आन्दोलनकारी अर्जुनधारा(११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ । शनिबार इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले अनलाइनखबरलाई दिएको जानकारी अनुसार किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५र२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको छ । साथै, मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय गरेको उनले बताइन् ।