Tuesday 16th April 2024

    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने

श्रीलंकाविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी

Saturday, October 28, 2017 National Power

११ कात्तिक,युएई  – श्रीलंकासँगको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि पाकिस्तान विजयी भएको छ । यसअघि पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा समेत पाकिस्तानले जित हासिल गरेको थियो । युएईमा भएको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले एक बल बाँँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाए ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाए पनि श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तान र श्रीलंकाबीच अब एउटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट हुन बाँकी छ । यसअघि पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको थियो । एजेन्सीको सहयोगमा