Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

पोखरामा टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

Saturday, October 28, 2017 National Power

११ कात्तिक,पोखरा –  राइजिङ पोखरा क्रिकेट एकेडेमी र लेखनाथको योङ स्टार क्लबको संयुक्त आयोजनामा यही कात्तिक २१ देखि २५ गतेसम्म पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएकोे छ ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहने शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलाडी करण केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख २५ हजार ४५६ र द्वितीय हुनेले रु ५४ हजार ३२१ का साथमा ट्रफी र पदक प्राप्त गर्नेछन् ।