Sunday 28th February 2021

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो, १२ जनाको सनाखत

Saturday, October 28, 2017 National Power


११ कात्तिक, धादिङ  – धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाको मृत्यु भए पनि पहिचान नखुलेको जानकारी दिए । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए बसमा कति यात्रु भन्ने खुलेको छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो ।घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए । प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

मृत्यु भएका १९ जना मध्ये यो समाचार तयार पार्दासम्म ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकाहरू मध्ये ७ जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना र्इण्डियाको बिहारका रहेको प्रहरीले जानकारी दिएको छ ।

हालसम्म सनाखत भएका १२ जना मृतकको नामावली :
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
मन्जित कुमार झा – सप्तरी
चन्द्रावती झा – सप्तरी
नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
पार्वती चौधारी – सप्तरी
चन्द्ररेखा प्रमणी – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा  – सप्तरी
आदित्य यादव – सप्तरी
दुर्घटनाका घाइतेहरुको नामावली :
सन्तोश सरदार – सप्तरी राजविराज
गौरी शंकर ठाकुर – मधुवन बिहार
अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज
अमन ठाकुर – राजबिराज न पा  – २
श्रवण कुमार ठाकुर – राजबिराज न पा – २
उद्द्ब ठाकुर – – राजबिराज न पा – २
दिवस कान्त पन्डित – सिराह भगवानपुर – १
दुर्गा नन्द चौधरी – राजबिराज न पा – ९
दुर्गा नन्द यादब – राजबिराज न पा –९
मनोज ठाकुर – मधुवन बिहार
गणेश ठाकुर – मधुवन बिहार
नितिदिता चौधरी
सुगम चौधरी