Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

कपाल झर्न रोक्ने ५ घरेलु उपाय यस्ता छन्

Thursday, October 26, 2017 National Power

९ कार्तिक,काठमाण्डौ  –  कपाल झरेर दिक्क हुनुभएको छ ?  कुनै पार्लरमा गएर हेयर ट्रिटमेन्ट गरेर कपाल र्झनबाट जोगाउने सोँचमा हुनुहुन्छ र ?  त्यसोभए पार्लरमा गएर पैसा नखन्याउनुहोस् । तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने तपाइँको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले तपाइँको कपाल र्झनबाट रोक्न ठूलो मद्दत पूराउनेछ ।

१. तातो तेलले मालिस गर्नेः तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरासम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलिपल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।

२. लसुन वा अदुवाको रसः बेलुका सुत्ने बेलामा कपालमा कपालमा लसुन, प्याज वा अदुवाको रस लगाएर मज्जाले मालिस गर्नुहोस् । रातभर त्यत्तिकै छाड्नुहोस् । अर्को बिहान कपाल धुनुहोस् ।

३. टाउकोमा दिनहुँ हल्का रुपमा मसाज गर्दा कपालका जरामा रक्त संचार राम्रोसँग हुन मद्दत गर्छ । कपालका जरामा राम्रोसँग रक्तसंचार हुनु भनेको कपाल र्झनबाट रोकिनु हो । खालि हात वा हल्का तेल लगाएर पनि मसाज गर्न सकिन्छ । यस्तो मसाज दिनहुँ गर्नु राम्रो हुन्छ ।

४. ग्रिन टी पानीमा पकाउनुहोस् अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । ग्रिन टी मा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल झर्नबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पुर्याउँछ ।

५. योगा गर्नुहोस्ः विश्वास गर्नुस्, नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।