Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

बझाङमा जिप दुर्घटना १० जना घाइते, ४ को अवस्था चिन्ताजनक

Thursday, October 26, 2017 National Power

९   कात्तिक,बझाङ  – बझाङको सदरमुकाम चैनपुरबाट बागथलाका लागि छुटेको से १ ज ८६१ नम्बरको जिप केदारस्युँ गाउँपालिका–१ मा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते हुनेमा केदारस्युँ गाउँपालिका–१ का ३८ वर्षीय पशुपति मल्ल, ३६ वर्षीय ईश्वर मल्ल, केदारस्युँ गाउँपालिका–२ का २८ वर्षीय कुमार ओखेडा र रायल १ का २८ वर्षीया जमुना बोहरा रहेका छन् ।
अन्य घाइतेहरुको अवस्था सामान्य रहेको छ । घाइते सबैको उपचार रायल स्वास्थ्य चौकीमा भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।