Sunday 28th February 2021

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

प्रत्यक्ष तर्फको मतपत्र एउटै छाप्ने तयारी

Wednesday, October 25, 2017 National Power


८ कात्तिक, काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मतपत्र एउटै छाप्ने तयारी गरेको छ । मतपत्र छाप्ने काम आगामी १० गतेदेखि शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले  भने, ‘प्रत्यक्ष तर्फको एउटै मतपत्र बनाउने हाम्रो योजना हो । मतपत्र छाप्ने काम १० गतेबाट हुन्छ ।’

यसअघि प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अलग(अलग मतपत्र बनाउन माग गर्दै सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा माग गरिएअनुसार सर्वोच्चले स्पष्ट फैसला त गरेन तर फैसलाको पूर्णपाठमा भने अलग(अलग हुनुपर्ने आसय छ ।

सर्वोच्चको फैसला लगत्तै के गर्न सकिन्छ भनेर राय सुझाव पेश गर्न निर्वाचन आयोगले कार्यदल नै गठन गरेको थियो । सहसचिव दिनेश घिमिरे नेतृत्वको कार्यदलले आफ्नो प्रतिवेदन आयोगमा बुझाइसकेको छ । आयोगका प्रवक्ता ढकालले कार्यदलको रिपोर्टको निष्कर्षमा के छ भनेर आफूलाई थाहा नभएको दावी गर्दै भने, ‘प्रमुख आयुक्त र आयुक्तहरुले छलफल गरेपछि आयोग एउटा निष्कर्षमा पुग्छ । अदालतले के गर्न सकिन्छ हेर भनेको छ त्यो पनि हेर्दैछौं । तर, हाम्रो योजना एउटै मतपत्र बनाउने हो ।’

अहिले समानुपातिक तर्फको मत पत्र एउटै छ र त्यो छापिइसकिएको छ । अब प्रत्यक्ष तर्फको मतपत्र छाप्ने तयारी भइरहेको छ । सर्वोच्चको आसय अलग(अलग मतपत्र हुनुपर्ने भए पनि त्यस्तो व्यवस्था गर्न भने अहिले व्यवहारिक रुपमा कठिन हुने आयुक्तहरु बताउँछन् । अलग(अलग मत पत्र छाप्दा मतदान केन्द्र, मत पेटिका, मसी, छापलगायतका निर्वाचन सामाग्रीका साथै सुरक्षाकर्मीको संख्या पनि थप चाहिने भएकाले अहिले सम्भव नहुने आयुक्तहरुको तर्क छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो चरणको चुनाव मंसिर १० गते र दोस्रो चरणको चुनाव मंसिर २१ गते हुँदैछ ।