Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

छठको दोश्रो दिन, आज साँझबाट निरहार ब्रत सुरु हुँदै

Wednesday, October 25, 2017 National Power

८ कात्तिक, रौतहट – तराईवासीहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व हिजो बाट सुरु भएको हो ।

सूर्य उपासनाको यो महापर्व छठ पूजाको पहिलो दिन हिजो व्रतालुहरुले नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रागी तयार गरेका थिए । स्थानीय भाषामा नहाय खाय भन्ने हिजोको दिन व्रत बस्ने महिलाहरु चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाएका थिए ।

दोश्रो दिन अर्थात आज बेलुका व्रतालुहरुले खरना मनाउने छन जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत सुरु हुन्छ ।

यस अवधिमा पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन । बिहीवार व्रतालुहरुले बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिनेछन भने शुक्रवार बिहान संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव० लाई विधि पूर्वक अर्घ्य दिएपछि चार दिनको यो पर्व सकिने छ ।

समानता प्रतीक छठ

लोकआश्थाको यो पर्वलाई समानताको प्रतिकको रुपमा पनि लिने गरिएको छ । नदी तथा पोखरी किनारमा सामुहिक रुपमा छठ गरिरहदा धनी र गरिबबीचको भेदभाव अन्त्य भएको देखिन्छ । खास गरी उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिने यस पर्वले छुवाछुतको खाडललाई पनि पुर्ने काम गरेको छ भने समाजमा सबै मानिसको अस्थित्व हुन्छ भन्ने समेत स्वीकार गराएको छ ।

डुम समुदायलाई यति खेर आफूले बनाएको बासका सामग्री बेच्न भ्याइनभ्याईको अवस्था छ ।

छठ पर्व एक यस्तो पर्व पनि हो जसमा पुरोहित वा पुजारीको आवश्यकता नै पर्दैन । अन्य पर्वहरुमा पुजारी र पण्डितले विधिपूर्वक पूजा गराए पनि छठमा उनीहरुको प्रयोग हुँदैन । सामुहिक रुपमा बसेका व्रतालुहरुले पूर्ण विधिविधानले स्वंम नै भक्तिभावका साथ चार दिनको पूजा सम्पन्न गर्छन ।

अन्य चाडपर्वहरुमा देवी देवताको मूर्ति वा प्रतिमालाई पुजा गर्ने चलन रहे पनि छठ पर्वमा भने अस्ताउँदो र उदयमान सूर्यलाई प्रत्यक्ष हेरेर नै व्रतालुहरुले अर्घ दिने गर्छन् । पृथ्वीलाई जीवन दिने सूर्यलाई नै भगवानका रुपमा पूजा गर्ने यो पर्वमा उदाउदो मात्रै होइन अस्ताउँदो सूर्यको समेत पूजा गर्ने गरिन्छ ।