Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चिनियाँ कम्युनिष्ट पार्टीको महाकुम्भ शुरु स् आधुनिक समाजवादी राष्ट्र बनाउने उद्घोष 

Wednesday, October 18, 2017 National Power

१ कात्तिक, बेइजिङ – चीनको सबैभन्दा ठूलो राजनीतिक महाकुम्भ, चिनियाँ कम्युष्टि पार्टीको १९ औँ कङ्ग्रेस, बेइजिङमा कडा सुरक्षाबीच शुरु भएको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले त्यहाँ भेला भएका २ हजार प्रतिनिधिहरुलाई सम्बोधन गरेका छन् ।हरेक पाँच वर्षमा आयोजना हुने यस बन्दसत्रबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सन् २०१२ मा चीनको नेतृत्व सम्हालेका सी नै अर्को कार्यकालका लागि चुनिने अनुमान गरिएको छ ।एक हप्तासम्म चल्ने यस सम्मेलनले आगामी पाँच वर्षका लागि चीनको आगामी रोडम्याप पनि तय गर्नेछ ।

सम्मेलनपछि पार्टीले सर्वोच्च निर्णायक निकाय पोलिटब्युरोका सदस्यहरु पनि सार्वजनिक गर्नेछ । सम्मेलनलाई सम्बोधन गर्दै सीले चीनले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेका थिए । उनले चिनियाँ विशेषतासहितको समाजवाद हासिल गर्ने बताउँदै चीन विश्वमै शक्तिशाली भएको जिकिर गरे । उनले विदेशी राजनीतिक प्रणालीलाई अनुशरण गर्न नहुनेमा जोड दिए ।