Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

च्याम्पियन्स लिग फुटबल, लिभरपुलद्धारा कीर्तिमानी जित दर्ता

Wednesday, October 18, 2017 National Power

१ कात्तिक,काठमाडौं  – च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले स्लोभेनियाको क्लब मारिबोरलाई ७–० ले हराएको हो । समूह ‘ई’ अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुललाई कीर्तिमानी जित दिलाउन रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरे ।

यस्तै फिलिप कोन्टिन्हो, अलेक्सान्डर अ्रनोल्ड र ओक्सलेड–चेम्बर्लेनले एक एक गोल गरे । योसँगै लिभरपुल युरोपियन कपको इतिहासमा अवे मैदानमा ठूलो गोल अन्तरको जित निकाल्ने पहिलो इंग्लिस टिम बनेको छ । यसअघि यो कीर्तिमान लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडको नाममा थियो । लिड्स युनाइटेडले सन् १९६९ को अक्टोबरमा नर्वेको क्लब लिनलाई ६–० ले हराएको थियो । यस्तै सन् १९५७ को सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडले आइरिस क्लब शाम्रोक रोवर्सलाई ६–० ले अवे मैदानमा रहाएको थियो ।

कीर्तिमानी जितपछि लिभरपुल तीन खेलबाट पाँच अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । यहि समूहको अर्को खेलमा स्पेनिस क्लब सेभिल्ला रुसी क्लब स्पार्टक मस्कोसँग ५–१ ले पराजित भयो । मस्कोको पनि समान पाँच अंक नै भएको छ । एजेन्सीको सहयोगमा