Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपाल किर्गिस्तानसँग ५(० ले पराजित

Tuesday, October 17, 2017 National Power

३१ असोज, ईरान – ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोलअन्तरले पराजित नेपाल हिजो भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५(० ले पराजित भएका हो ।

पोउर शरिफ फुटसल हलमा भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खायो । लगातार दुई खेलमा हार बेहोरेपछि समूह ‘ए’ मा नेपाल अंकबिहीन हुँदै पुछारमा छ । दुवै खेलमा जित हात पारेको किर्गिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आज तुर्कमिनिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट हुने छन् ।