Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

एक पटक मात्रै बालदिवस नमनाएर वर्षभरिनै बालदिवश मानाईनुपर्ने : डा. कर्माचार्य

Tuesday, October 17, 2017 National Power

३१ असोज,काठमाण्डौ – शिक्षा र बालबालिकाको अधिकार तथा शैक्षिक उन्नयन सम्बन्धी एक दिने कार्यशाला गोष्ठि भक्तपुरमा सम्पन्न भएको छ । केन्द्रिय बालकल्याण समितिको आयोजनामा, चाणक्य माध्यमिक विद्यालयको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठिमा विषेस गरेर बालअधिकारको बारेमा छलफल भएको छ ।

कार्यक्रममा बाल मनोविज्ञ प्रोफेसर डा. उत्तम कृष्ण कर्माचार्यले यस्ता किसमका कार्यक्रमहरुले बालबालिकाहरुलाई उनिहरुको अधिकारका बारेमा जानकारी दिन सहज हुने बताउनुभयो ।
साथै उनिहरुमार्फत अन्य बालबालिका सम्म सुचना तथा जानकारीहरु प्रवाह गर्न सजिलो हने भएकाले पनि, यस्ता कार्यक्रमहरुलाई विभिन्न शैक्षिक संस्थाहरुले समय समयमा आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले वर्षदिनमा एक पटक मात्रै बालदिवस नमनाएर वर्षभरिनै बालदिवश मानाईनुपर्ने र बालबालिकाहरुको लागि हरेक दिन बालदिवश बनोस् यस्तो वातावरणको श्रृजना गर्नु आवस्यक रहेको बताउनुभयो।

केन्द्रिय बालकल्याण समिति भक्तपुरका अध्यक्ष द्रोण पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्तममा प्रोफेसर डा. उत्तम कृष्ण कर्माचार्य, जेष्ठ नागरिक मञ्चका अध्यक्ष राकृष्ण कर्माचार्य ,बाल अभियान्ता कमल सिलवाल, चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, प्रिन्सीपल गणेश बाबु पोखरेल लगायतका बालबालिकाका क्षेत्रमा कामगर्ने व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बालबालिका सम्बन्धी कार्यपत्र केन्द्रिय बालकल्यण समिति केन्द्रिय कार्यलयका रवि गौतमले प्रस्तुत गर्नुभएको छ ।