Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

पार्टी एकीकरणसहित गच्छदार कांग्रेस फर्किदै

Monday, October 16, 2017 National Power

३० असोज ,काठमाडौं  – नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । आज औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ । एकतासँगै नेपाली कांग्रेसबाट बाहिरएको एक दशकपछि विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्किदैछन् ।

हिजो हुने भनिएको पार्टी एकताआजलाई सरेको छ । अर्थमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दुई पार्टीबीचको एकता आज ११ बजेलाई सरेको हो । ‘बिहान ११ बजे बालुवाटारमा पार्टी एकताको कार्यक्रम तय भएको छ’, कार्कीले भने ।तत्काल सिटसख्यामा तालमेल र गच्छदारलाई उपसभापति वा महामन्त्रीदिने सहमति भएको छ।

यता, नेपाल लोकतान्त्रिक फोरममा पछिल्लो चरणमा एकीकृत भएका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक का नेता शिवलाल थापासहितका नेताहरु भने कांग्रेसमा नजाने भएका छन् । थापाले आफूले छुट्टै निर्वाचन प्रक्रिया अघि बढाइसकेको बताए । उनले लोकतान्त्रिक फोरम अध्यक्ष विजय गच्छदारसहितका नेताहरु कांग्रेसमा एकीकरण हुन लागेको भए पनि आफूहरु भने नजाने बताए ।