Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नाइजेरियाको भोकमरी र बेरोजगारी अन्त्यका लागि नेपाल र नाइजेरियाको साझेदारी

Sunday, October 15, 2017 National Power

२९ असोज, काठमाण्डौ  –  नुवाकोट जिल्लामा स्थापना गरिएको नेपाल खाद्य बैँक लिमिटेडले नाइजेरियामा पनि शाखा खोलेको छ । आगामी नोभेम्बरको पहिलो हप्ताबाट औपचारिक रुपमा शाखाबाट सेवा सुरुवात गरिने भएको छ ।
खाद्य बैँकले खाद्य सुरक्षा, कृषि पर्यटन, व्यवसायीक कृषिका लागि विभिन्न कामहरु गर्दैै आएको छ । नेपालमा गरेका यि कामलाई विश्वव्यापी रुपमा विस्तार गरी विभिन्न देशमा नेपालको वस्तु तथा विनिमयलाई अन्तराष्ट्रियकरण गर्ने लक्ष्य रहेको बैँकका संस्थापक अध्यक्ष रामराजा श्रेष्ठले जानकारी दिए ।

बैँकको नाइजेरियामा शाखा खोल्नका लागि नाइजेरियाका राजा ओबा कोमोरुद्दिन अदेएमी बेल्लो आदेइन्जु अलावदे ४ सँग छलफल गरिएको श्रेष्ठले जानकारी दिए ।नेपालमा खाद्य सम्प्रभुता हुनुपर्छ भनेर एक धुरी एक रोजगारीको अभियान सुरु गरेका श्रेष्ठलाई गत वैशाखमा ठूलै समस्यामा समेत पारिएको थियो । कृषिक्षेत्रलाई आधुनिकीकरणसंगै आत्मनिर्भर अनि विचौलियामुक्त कृषिक्षेत्र बनाईछाड्ने अठोट लिएकै कारण उनले जीवनमा सोच्दै नसोचेको घटनाको पनि सामना गर्नुपर्यो ।आफूसँग भएको जमीन बैंकमा धितो राखी बैंकसंग ऋण लिएर खाद्य बैंकको स्थापना गरेका श्रेष्ठलाई आफ्नै परिवारका सदस्यहरुको असहयोगका कारण एक सामान्य अवस्थाको मान्छेलाई पनि डाक्टरहरुले पागल घोषणा गरि पागललाई लगाउने सूई र खाने औषधी जवर्जस्ती खुवाईएको थियो ।

जमीन धितो राखी बैंकवाट चर्को ब्याजमा ऋण लिएर खाद्य बैंकको स्थापना गरेका श्रेष्ठको उक्त कदमप्रति परिवारका अन्य सदस्य सन्तुष्ट थिएनन् । प्रहरीको सहयोगमा उनलाई जवर्जस्ती टिचिङ्ग अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । टिचिङ्ग अस्पताल महाराजगन्जमा कार्यरत डा। श्रीराम उपाध्यायले लाग्दै नलागेको रोगलाई उनीहरुले बायो पोलार भनि उनको शरिरमा छोडेका थिए । जसका कारण उनलाई धेरै नै साईड ईफेक्ट पर्न गएको श्रेष्ठले बताए ।
अहिले त्यो औषधी छोडिसकेपछि भने आफू केहि हदसम्म पूर्ववत अवस्थामा फर्किएको तर अझै पनि शरिरलाई कहिँ न कहिँ समस्या भैरहेको उनको भनाई छ । “मेरो शरिरलाई जवर्जस्ती प्रयोगशाला बनाईएको थियो ।” श्रेष्ठको भनाई छ ।नेपाल सरकारले आफ्नो अभियानमा कुनै सहयोग नगरे पनि अन्तराष्ट्रिय रुपमा भने सफल हुँदै गएकोमा श्रेष्ठ खुशी छन् । नेपालमा बसेर काम गर्ने वातावरण नदिएपछि आफ्नो प्रपोजल नाइजेरिया सरकारसमक्ष पु¥याएको श्रेष्ठको भनाई छ । अहिले नाइजेरिया सरकारले आफ्नो अभियानलाई सहयोग गरेकाले अभियान सफल हुँदै गएको उनको भनाई छ ।

श्रेष्ठ दक्षिण अफ्रिकी मुलुक नाईजेरिया सरकारद्वारा प्रदान गरिने विशेष सम्मान गार्ड अफ अनरद्वारा सम्मानितसमेत भइसकेका छन् । नाइजेरियामा हुने गरेको भोकमरी हटाउनका लागि त्यहाँको सरकारले श्रेष्ठलाई आग्रहसमेत गरेको छ । नेपाल खाद्य बैँकका लागि नाइजेरियाको ओसुन राज्यले १ हजार हेक्टर जमिन उपलब्ध गराउने भएको छ । मौखिक सहमति भइसकेको र औपचारिक सम्झौता नोभेम्बर महिनामा हुने श्रेष्ठले बताए । सम्झौताका लागि नेपालबाट बैँकका अध्यक्ष रामराजा श्रेष्ठ, बैँककी ब्राण्ड एम्बेसडर यमुना भण्डारी, लगानीकर्ताहरु केशबबहादुर बोहोरा, कुमार तामाङ, पुर्णबहादुर विश्वकर्मा, डिल बहादुर डाँगी र सुन्दर रानाभाटको टोली नाइजेरिया जाँदैछ । त्यस्तै नाइजेरियाको युनिभर्सिटि अफ युलोरिनले पनि १५ हजार हेक्टर जमिन उपलब्ध गराउने भएको छ । युलोरिन र खाद्य बैँकको सहकार्यमा कमोडिटी बैकिङ र ग्रेन बैँकिङमा मास्टर्स र पिएचडिको कोर्ष प्रदान गरिने भएको छ ।

श्रेष्ठ भन्छन्, “हाम्रो यसप्रकारको कदमवाट त्यहाँका जनतालाई रोजगारी, कृषिमा आत्मनिर्भर साथै अन्य जिवननिर्वाहका विकल्पका बाटाहरु पनि खुल्ला हुनेहुँदा नाईजेरियामा देखापरेका आम नागरिकका समस्या समाधानमा उल्लेख्य भूमिका निर्वाह हुनेछ । साथै यसवाट नेपाल र दक्षिण अफ्रिकी मुलुकहरु एकआपसले खाद्यान्न तथा कृषिउपज बजारहरुको सम्भावना एवं पहिचान तथा प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ ।”


शाखा बैंकको माध्यम ४० प्रतिशत नेपाली र ६० प्रतिशत नाईजेरियन नागरिकलाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहभागी गराई नेपाल र दक्षिण अफ्रिकी मुलुक विच कृषिमा क्रान्ती ल्याउने मूख्य उद्देश्य रहेको श्रेष्ठको भनाई छ ।नेपालमै लगानी गरि नेपालको कृषिक्षेत्रलाई आमूल परिवर्तन गर्ने उनको यात्रामा सरकारले साथ नदिएको आरोप श्रेष्ठको आरोप छ । एक त नेपालमा लगानीको वातावरण सृजना हुनसकेको छैन, त्यसमाथी यस्तै विचौलियाका कारण आफू र आफ्नो संस्थाको सुरक्षा नभएको उल्लेख गर्दै श्रेष्ठले अव नाईजेरिया सरकारसँगको सहकार्यमा नाईजेरियामा पनि उक्त खाद्य बैंकको साखा स्थापना गरि नेपालको मूख्य कृषिउपजको बजार दक्षिण अफ्रिकी मुलुकलाई बनाउने अठोट व्यक्त गरेका छन ।

यसले नेपाल–नाइजेरियाबिचमा आर्थिक र शैक्षिक सम्बन्ध मजबुत बताउने विश्वास श्रेष्ठको छ ।नेपालमा भएको कृषि पर्यटनको सम्भावनालाई नाइजेरियासम्म विस्तार गर्ने र त्यहाँको संस्कृतिलाई नेपालमा ल्याउनेसम्मको योजना श्रेष्ठको छ ।नुवाकोटको काशिटार जिलिङ–१ मा प्रधान कार्यालय रहेको बैँकले नेपालभरी नै सेवा विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।सबै नेपालीको खाद्य अधिकार स्थापित गर्ने बैँकको मुख्य उद्देश्य रहेको श्रेष्ठको दाबी छ । अध्यक्ष रामराजा श्रेष्ठसहितको समुहले आइतबार रिपोर्टस् क्लबमा एक कार्यक्रम गरी यसबारेमा जानकारी दिएको हो ।