२८ असोज,नयाँदिल्ली – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताउनु भएको छ ।“राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,” सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भन्नुभयो ।
उहाँले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिनुभएको हो ।सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गर्नुभयो भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ । राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्नुहुने बताइएको छ । यद्यपी राहुल गान्धी अहिले पनि भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष हुनुहुन्छ ।
काभ्रेपलान्चोक – नमोबुद्ध नगरपालीका वडा नं. ११ मा रहेको नमोबुद्ध भगवा घ्याङ हस्तान्तरण गरीएको...
काठमाडौँ — फाल्गुन १९, २०७७। ड्रीम सर्च एजेन्सीले राजधानीमा नेपाली फेशन क्षेत्रको उत्सव ‘फेशन...
काठमाडौं- ओम समाज डेन्टल हस्पिटल ले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य...
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि यतिवेला सम्पूर्ण रुपले...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा एमाले ब्युँताउने चाहना विगतमा नै देखिएको हो ।...
काठमाडौँ — फाल्गुन १६, २०७७। राजधानीको डल्लुकी कृषा महर्जन नयाँ ‘मिस नेवाः नेपाल ११४१’...
सुचना विभाग दर्ता नं ६३/०७३-०७४
Kathmandu, Nepal
Email:info@medianent.com
Phone No.: 9851078850, 012210846