Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

नेपाल रिपब्लिकन पार्टीद्धारा वाम गठबन्धनलाई समर्थन

Saturday, October 14, 2017 National Power

२८ असोज,काठमाडौं –  नेपाल रिपब्लिकन पार्टीले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी अध्यक्ष छत्र भट्टले एक विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीले वाम गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार वाम गठबन्धनको गठनसँगै मुलुकमा स्थायित्व, शान्ति र आर्थिक समृद्धिको ढोका खुलेकोले आगामी दिनमा मुलुकलाई अझै विकासको बाटोमा डोरयाउन टेवा पुग्ने भएकोले आफ्नो पार्टीले समेत उक्त मोर्चामा रहेर मुलुकको विकासमा योगदान पुर्याउने निर्णय गरेको हो ।

भट्टले अघि भनेका छन्,‘हाम्रो पार्टीको केन्द्रिय कमिटिको बैठकले वाम गठबन्धनलाई नै सहयोग र समर्थन गर्ने निर्णय गरेको छ, अब हामी एक भएर मुलुकको विकासमा अघि बढ्छौं।’ वाम गठबन्धनलाई सहयोग गर्नुपुर्व उनले नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टसँग पनि आन्तरिक छलफल गरेका थिए ।

नेता भट्टसँगको छलफलपछि पनि आफ्नो पार्टीले उक्त वाम गठबन्धनलाई निर्णय गरेको उनले जानकारी दिए । मुलुकमा ६÷६ महिनामा सरकार परिवर्तन भैरहँदा आर्थिक विकासमा असर परेकोले वाम गठबन्धनले अबको निर्वाचनमा ऐतिहाँसिक बहुमत ल्याउने विश्वास आफूहरुले लिएकोले समर्थन गरेको समेत छत्र भट्टले स्पष्ट पारे ।

उक्त पार्टीले पनि आगामी मंसिर १० र मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै क्षेत्रमा उम्मेद्धवार उठाउने तयारी गरिसकेको समेत उनले जानकारी दिए । उनले भने,‘हामीले पनि निर्वाचनमा आफ्ना उम्मेद्धवार उठाउँदैछौं, यसको लागि हामीले उम्मेद्धवारहरुको नामावाली फाईनल गरिसकेका छौं।’ अध्यक्ष भट्ट आँफैपनि प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । उनी सुदुर पश्चिमबाट चुनाव लड्ने तयारीमा छन् ।