Wednesday 21st May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

संविधान बनाएबापत सांसदले पाउने भए स्थायी लोगो

Saturday, October 14, 2017 National Power

२८ असोज, काठमाडौं  – चार वर्षअघि संविधानसभा सदस्य निर्वाचित भएका सभासदले संविधान बनाएबापत विशिष्ठ प्रकारको पहिचान अंकित लोगो पाउने भएका छन् । संविधानसभाबाट संविधान बनाएका सभासदले जीवनभर त्यो लोगो लगाउन पाउनेछन् ।

व्यवस्थापिका संसद् सचिवलायले दोस्रो संविधानसभाका सदस्यलाई लागो दिएर बिदाइ गर्न लागेको हो । बिदाइका लागि शनिबार अपराह्न संसद् भवनमा विशेष बिदाइ बैठक आयोजना गरिएको छ ।

 

शुरुमा सबै सांसदहरुको फोटो सेसन हुनेछ । उनीहरुलाई त्यो फोटो सचिवालयले लेमिनेशन गरेर उपलव्ध गराउनेछ । त्यसपछि उनीहरुलाई संविधान बनाएबापतको लोगो उपलव्ध गराइनेछ । बिदाइ बैठकलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकपछि सभामुख ओनसरी घर्तीको तर्फबाट संसद् भवन परिसरमै रात्रिभोजको आयोजना गरिएको छ ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनयनको मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरित व्यवस्थपिका संसद् बिघटन हुन लागेको संसद सचिवालयका प्रवक्ता डा।भरतराज गौतमले बताए ।

यसअघि कात्तिक ५ गते संसद् बिघटन हुने भनिएको थियो । तर संविधानले उम्मेदवारी मनोनयनसँगै व्यवस्थापिका संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।