Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

किन बढ्दैछ दुरी अभिभावक र सन्तानका विच

Friday, October 13, 2017 National Power

(प्रस्तुती : कमला जोशी

२७ असोज,काठमाण्डौ – बढ्दै गएको आधुनीकताले मान्छेलाई एकातिर सजिलो बनाएको छ भने अर्को तिर दर्दनाक अवस्था शिर्जना पनि गरिरहेको छ । आज भोलि मान्छेलाई विषेश गरेर शहरिया मान्छेलाई न खान फुर्सद छ, नत बोल्न, यति व्यस्त छ कि उसले आफ्नो पराया को भनेर चिन्न पनि छोडी सकेको छ ।

ईष्ट मित्र आफन्त सँग भेटघाट गर्न फुर्सद छैन । यहाँ सम्म कि, आफैलाई जन्म दिने आमा वुवालाई समेत बृद्धाआश्रम पठाएर आफु माहाँन बन्दैछन् । आफुलाई कुनै न कुनै काममा व्यस्त राख्नु र जिवनमा आफ्ना सबै आवस्यकता पूरा गर्न दुःख गरेर सुखको आशा गर्नु पनि नराम्रो होईन, साझ बिहान छाक टार्न मुस्किल पर्न थालेपछि बाध्यतामा विदेशीन्छन् ।

अनि श्रीमती पनि पानी पुरी चटपटे बेचेर सन्तानको पेट कसरी भर्ने भन्ने चिन्तामा रुमलिन्छीन् ,आफ्नो दुःख लाई सुखमा बदल्ने लालसामा मान्छे रातदिन व्यस्त रहन्छन् । साथीभाई सोच्छन् फलानो निकै व्यस्त छ, पैसा कमाउन मै र आफ्नो बाटो लाग्लान, आमा वुवा सोच्लान सन्तानलाई पालन पोषण गर्यौ तर आज बृद्धाआश्रम पठाउनका लागि रहेछ ,ठिकै छ भनेर चित्त बुझाउलान् । देश दुनिया हरेकले चित्त बुझाउलान् । के नवकोपिला चित्त बुझाउन सक्छन् रु भर्खरै जन्मेका सन्तान जसले भोक लागेमा रोएर खान खोज्छन् र दिशा लागेमा पनि रुन्छन् ।
तोतेबोली जसले भर्खरै बोल्न सिकेका हुन्छन्, आमा।।।१ वुवा, भन्न सिक्दै गरेका हुन्छन्, के तिनिहरुले जानेका हुन्छन् र मेरा वुवा, आमा व्यस्त छन् भनेर रु होइन तिनिहरुले जानेका हुदैनन् । तोतेबोली बोल्ने बच्चा जसको पहिलो पाठशाला घर हो । आज त्यो घर खेलौना घर भएको छ । क।ख गन्ने औलाहरु आज मोवाईलमा खेल खेल्छन् । पेन्सील समात्ने हातहरु आज मोवाइल र टेलिभिजनका रिमोट समात्छन् ।
हर रात नसुतिन्जेल बच्चा टेलिभिजन र मोवाईल जस्ता मनोरञ्जनका साधनमा भुल्छन् । जसले गर्दा तिनिहरु नत आफ्नो पढाई बारे जानकार छन् नत भविष्य प्रति नत आफ्नै आमा वुवाको माया प्रति ।

आमा भोक लाग्यो, सन्तान रुँदा “ तिमि कार्टुन हेर बाबु म खाना पकाउछु” । आमा भोक लाग्यो भन्दा “ तिमि मोवाईलमा खेल् खेल भन्दै भुलाउने गरिन्छ ” । स्कुलबाट आउने वित्तिकै गृहकार्य गर्नु पहिले टेलिभिजन का कार्टुनहरु हेरिन्छन् ।एउटा टेलिभिजनका लागि वुवा सामाचार हेर्न खोज्छन्, आमाले सिरियले भने सन्तानको प्रिय कार्टुन हुन्छ । तिन जना विचको झगडामा आखिर जित हुन्छ सन्तानको ।
जिताउने पनि आमा वुवानै हुन्छन् । किनभने हरेक पल आमा वुवाले टेलिभिजन हेर्न छुट दिईरहेका हुन्छन् । आफु कतै गफ गर्दा सन्तानलाई टेलिभिजनमा भुलाएर जाने । सन्तान रुदा, नयाँ नयाँ कुराको माग गर्दा हरेक कुराको समाधान टेलिभिजन हुन्छ ।

हुँदाहँुदा सन्तानलाई टेलिभिजन हेर्ने वा मोवाइल खेल्ने बानीनै बसीसकेको हुन्छ । अव उ टेलिभिजन विना केहि सोच्न सक्दैनन् । टेलिभिजन हेर्न नदिए रिमोट फोड्ने , टेलिभिजननै बन्द गर्ने, भाडा कुडा फाल्ने , रुने कराउने यहाँ सम्मकी उसले आफैले आफैलाई नोक्सानी पुर्याउन सम्म पनि पछि पर्दैन ।राजधानी हो काठमाण्डौ, कस्तो सभ्यता सिकाउदैछ गाउलाई यसले रु परिवारनै शिक्षित र सभ्य हुन्छ राजधानीमा त भन्ने भनाईलाई गलत बनाउदैछ । राजधानीका बच्चा निकै ज्ञानी र बुद्धिमानी हुन्छन् भनेर परिवारनै राजधानी सर्ने गर्छन् कुना कन्दराबाट ।
तर आज त्यहि राजधानीमा रिमोटको विषयलाई लिएर वालिका ले आत्महत्या गरिन भनेको सुन्दा मन साह्रै आतँकित भएर आएको छ । वालवालिकाको मनोविज्ञालाई दर्शाउछ यो घटनाले ।बैठक कोठामा आमाले टेलिभिजन हेर्न रिमोर्ट दिईनन् भनेर आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी छिन् एक वालिकाले । घटना आज विहानको हो तारकेश्वर नगरपालिका निवासी सुनिता लामा ९ नाम परिवर्तन ० ले आमाले टेलिभिजन हेर्न नदिएको भनेर आवेगमा आफ्नै ज्यान फालेकी छन् । उनि जम्मा १४ वर्षकी र कक्षा सातमा अध्ययनरत विद्यार्थी हुन् । वुवाा बैदेशीक रोजगारीमा विदेशीएका र घरको एक्लो सन्तान वालिकाको शिक्षा दिक्षा लालन पालन आमाले नै गरिराखेकी थिईन् ।

परिवारको एक्लो सन्तान उनिलाई सबै कुरा पुरा हुदा हुदै आज उनको ज्यान लिने पाटो टेलिभिजन भएको छ । यसरीनै कतै सन्तानको आफ्नै ढिपिले त, कतै आमा वुवाको व्यस्तताका कारण आज वालवालिकाको मनोविज्ञान यसरी बद्लिएको छ ।सानै देखि टेलिभिजन, मोवाईल लगायत सञ्चारका साधनहरुनै उनिहरुको साथी बनाई दिँदा आफ्नो आमा वुवा भन्दा बढी विश्वास टेलिभिजन र मोवाई जस्ता उपकरणमाथि परेको छ ।
यसले गर्दा राम्रो शिक्षा र ज्ञान भन्दा पनि नकारात्मकतालाई उनिहरुले अनुसरण गर्ने गरेका छन् । आफ्नो व्यस्ततालाई एकैछिन् । विश्राम दिएर आमा वुवाहरुले सन्तानको मनोभावना बुझ्ने र असल साथी बन्ने तिर सोच्न जरुरी छ ।

स्रोत व्यक्ति : राजन थापा