Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

हिन्दू राष्ट्रको माग गर्दै ज्ञापनपत्र

Tuesday, October 10, 2017 National Power

२४, असोज बाजुरा  –  राष्ट्रिय प्रजातन्त्र पार्टी बाजुराले हिन्दू राष्ट्र कायम गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीमार्फत ज्ञापनपत्र बुझाएको छ ।

देशव्यापीरुपमा हिन्दू राष्ट्र कायम गर्न माग भएपनि अहिलेको सरकारले कुनै चासो नदेखाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पत्र बुझाएको जिल्ला कार्यसमिति संयोजक उमेशजंग शाहीले जानकारी दिनुभएको छ ।

शाहीले दिएको जानकारीअनुसार सडकदेखि सदनसम्म हिन्दू राष्ट्रका पक्षमा वकालत गर्दै आएको राप्रपाको मागमा सरकारले चासो नदेखाएको बताउनुभयो ।

ज्ञापनपत्रमा धर्मनिरपेक्षताको आडमा हाल पनि योजनाबद्ध र संगठितरुपले लोभलालच, त्रास र भ्रम सिर्जना गरेर लाखौँ नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेको उल्लेख गरिएको छ ।

धर्म परिवर्तनको कार्यबाट नेपालको धार्मिक, सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा छ भने अर्कोतिर सदियौँदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिँदै धार्मिक द्वन्द्व बढ्ने सम्भावना रहेकाले धर्मनिरपेक्षता हटाइनुपर्ने पत्रमा भनिएको छ ।