Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

जैतुनको परीक्षण गरिँदै

Tuesday, October 10, 2017 National Power

२४ असोज बाजुरा–   कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ ।

स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश भण्डारीले जानकारी दिनुभयो । कालाऋषि सामुदायिक वनमा संकलन गरिएको २५० किलो जैतुन पेलेर तेल निकाल्ने काम गरिएको छ ।

यस वर्ष अनुसन्धान केन्द्रमा लगाइएको उन्नत जातको जैतुनले फल नदिएकाले स्थानीय प्रजातिकै जैतुनको फल संकलन गरेर तेल निकाल्न शुरु गरिएको भण्डारीले बताउनुभयो ।

जिल्लाका विभिन्न सामुदायिक वनमा करिब ३०० हेक्टरमा स्थानीय जातको जैतुनले फल दिने गरेको छ । जंगलको मोहोडा र दानाको आकारले केही फरक परे पनि यहाँको स्थानीय जातको जैतुनबाट करिब आठ प्रतिशतसम्म तेल निस्किने अनुसन्धान केन्द्रले जनाएको छ । हाल बजारमा जैतुनको तेल प्रतिलिटर रु दुई हजार ५०० देखि रु तीन हजारसम्ममा बिक्री भइरहेको छ ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जैतुन जोन कार्यान्वयन एकाइ र जैतुन विकास केन्द्रको स्थापना गरी बाजुरालाई जैतुन जोनको रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । विदेशबाट बोट ल्याएर जैतुनखेती गर्न थालिएको हो ।