Saturday 17th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

इजिप्ट विश्वकपका लागि छनोट: सलाह बने नायक

Monday, October 9, 2017 National Power

२३ असोज, काठमाडौं   – खेलको अन्तिम मिनेटमा मोहम्मद सलाहले गरेको पेनाल्टी गोलको मदतमा इजिप्टले कंगोलाई हराइको छ र २५ वर्षपछि विश्वकपमा स्थान बनाएको छ ।

आइतबार राति भएको खेलमा इजिप्टले कंगोमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।घरेलु मैदानमा भएको खेलमा सलाह नायक बने । इजिप्टको जितमा दुबै गोल उनले गरे ।उनले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर, निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा कंगोले बराबरी गोल फर्कायो ।

खेल बराबरीतर्फ उन्मुख भएको बेला इन्जुरी टाइमको ९५ औं मिनेटमा इजिप्टले पेनाल्टी पायो, जसमा सलाह चुकेनन् । उनको यो गोलसँगै अफ्रिकी छनोटको समूह ३ मा रहेको इजिप्ट ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

समूह चरणको अन्तिम खेल खेल्न बाँकी छन्ँदा दोस्रो स्थानको युगाण्डाभन्दा ४ अंकले अगाडि रहेका कारण इजिप्टले रुस विश्वकपमा स्थान पक्का गर्‍यो । इजिप्टले पछिल्लो पटक १९९० मा विश्वकप खेलेको थियो । त्यसयता चार पटक १९९८, २००६, २००८ र २०१० मा अफ्रिका कप अफ नेशन जितेको इजिप्ट विश्वकपमा छनोट हुन भने सकेको थिए ।