Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपाल–बंगलादेश व्यापार प्रवद्र्धनबारे छलफल

Monday, October 9, 2017 National Power

२३ असोज,काठमाडौँ   – परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बंगलादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीसँग आज बंगलादेशको राजधानी ढाकामा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा दुई देशबीचको व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा क्षेत्रमा लगानी, संस्कृति, उच्च शिक्षा र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

छलफलका क्रममा दुई पक्षीय सहकार्य र समन्वयलाई थप विस्तार गर्ने समझदारी भएको छ । सचिव बैरागीले आजै बंगलादेशको ‘रोड ट्रान्स्पोर्ट एण्ड हाइवेज विभाग’का सचिव एमएएन सिद्धिकीसँग दुईपक्षीय बैठक गर्नुभएको थियो । उहाँहरुबीच दुई देशबीच यातायात र सम्पर्क सञ्जाल विस्तारका लागि समन्वय बढाउने विषयमा कुराकानी भएको थियो ।

सो भेटघाटमा बंगलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, व्यापारी तथा नेपाली राजदूतावासका अधिकारीको सहभागिता थियो ।