Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

उत्तर कोरियामा अब एक चिजले मात्र काम गर्न सक्छ : ट्रम्प

Sunday, October 8, 2017 National Power

२२ असोज,काठमाडौं  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वर्षौं वार्ता गर्दा पनि कुनै उपलब्धि ननिक्लेको भन्दै चेतावनी दिएका छन्। अब उत्तरसँग समस्या समाधान गर्न ‘एक चिजले मात्र काम गर्न सक्छ’ भन्दै ट्रम्पले ट्वीट गरेका हुन्।

बिबिसीका अनुसार आफ्नो ट्वीटमा उनले भनेका छन्, ‘राष्ट्रपति र उनका सरकारले उत्तरसँग वर्षौंदेखि वार्ता गर्दा पनि कुनै नतिजा निस्किएन। अब एक कुराले मात्र काम गर्न सक्छ।’ ट्रम्पले त्यो ‘एक चिज’ के हो भन्ने खुलाएका छैनन्। अमेरिका र उत्तरबीच लामो समयदेखि तनाव चलिरहेको छ। उत्तरले बारम्बर गरिरहेको क्षेप्यास्त्र परीक्षण रोकोस् भन्ने अमेरिकाको चाहना हो।

पछिल्लो समय उत्तरविरुद्ध अमेरिकाले नाकाबन्दी लगाएपछि विवाद झनै चर्किएको हो। उत्तरका राष्ट्रपति किम जोङ उन र ट्रम्पबीच वाकयुद्ध पनि चलिरहेको छ। यी दुई देशबीचको विवादमा दक्षिण कोरिया, रसिया, चीन र जापान पनि प्रत्यक्षरुपमा मुछिएका छन्।

जापानी आकाश हुँदै उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले उत्तरमा नाकाबन्दी झन् कडा गरेको छ। चीनले उत्तरसँगको कपडा कारोबार आगामी जनवरीदेखि बन्द गर्ने भएको छ भने तेल आपूर्तिमा कडाइ गरेको छ।

बारम्बार उत्तर ध्वस्त पार्ने धम्की दिदैं आएका ट्रम्पको यो सांकेतिक चेतावनीमा अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिएको छ। गत साता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तरसँग सिधा वार्ता गर्ने प्रयास गरेका भनिएको थियो। यसमा पनि ट्रम्पले प्रतिक्रिया दिदैं ‘आफ्नो उर्जा बचाएर राख रेक्स, हामीले जे गर्नुपर्ने हो, हामी गर्छौं’ भनेका थिए।