Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

डेंगु नियन्त्रणका लागि सामूहिक प्रयत्न

Sunday, October 8, 2017 National Power

२२ असोज,बर्दिवास– महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयत्न थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका हुन् ।

डेंगुको संक्रमण गराउने लामखुट्टे नियन्त्रणका लागि अहिले दक्ष टोली नगर क्षेत्रका बस्ती–बस्तीमा परिचालन गरिएको छ । डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँ र टायरका कापमा रहने गरेको पत्ता लागेपछि अहिले त्यस्ता ठाउँमा डेंगु फैलाउने लामखुट्टे नियन्त्रण अभियान थालिएको हो ।

डेंगु नियन्त्रणका लागि बस्ती–बस्तीमा सरसफाइ र सचेतना कार्यक्रम भइरहेका छन् । पछिल्लो पटक मोटर ग्यारेजमा थुपारिएका पुराना टायर र सडक किनार एवं यत्रतत्र मिल्काइएका टायरका कापमा डेंगु फैलाउने लामखुट्टेका लार्भा भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयका दक्ष स्वास्थ्यकर्मीको नेतृत्वको संयुक्त टोलीले लार्भा नष्ट अभियान शुरु गरेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।