Monday 20th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

सेनामा २७ सय जनालाई जागिरको मौका

Sunday, October 8, 2017 National Power

२२ असोज, काठमाडौं  –  नेपाली सेनामा २७ सय पदमा भर्ना खुलेको छ । आइतबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ ।

सेनाले सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार ७ सय १ पदमा दरखास्त मागेको हो । जंगी अड्डाा अन्तरगत मात्र विभिन्न ५ सय ९४ पदमा दरखास्त आह्वान गरिएको छ ।

विभिन्न पदका लागि छुट्टा(छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदमा धेरै जना माग गरेको छ । यस्तै अमल्दार कुचिकार, ड्राइभर, लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा पनि सेनामा जागिर खुलेको छ ।

यी पदमाहरु आवदेन दिन कार्तिक २० गतेसम्मको सीमा दिइएको छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।