Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

 सिलवाल  समानुपातिक उम्मेदवारमा शिफारिश

Sunday, October 8, 2017 National Power

२२ असोज, काठमाण्डौ – नेकपा एमाले सम्पर्क संगठन कमिटी प्रदेश नम्बर ३ ले शिक्षाविद् एवं संचारकर्मी रामहरी सिलवाललाई प्रतिनिधी सभा तर्फको समानुपातिक उम्मेदवारमा शिफारिश गरेको छ। दुइ दशक यता बाट सक्रिय पत्रकारितामा होमिएका सिलवाल चर्चित पत्रकार र क्षमतावान राजनीतिज्ञका रुपमा कहलिएका छन। आधा दर्जन साप्ताहिक र मासिक पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका सिलवाल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत हुन्।

बिद्यार्थी राजनीति बाट राजनीति सुरु गरेका सिलवाल शंकर देव क्याम्पसको स्ववियु उपसभापति समेत भएका ब्यक्ती हुन्। त्यस्तै चितवन -काठमाडौँ सम्पर्क मंचको अध्यक्ष,नारायणी अञ्चल सम्पर्क मंचको अध्यक्ष हुदै सम्पर्क मंच बिशेष समन्वय कमिटीमा रहेर समेत भूमिह निर्वाह गरेका छन। सिलवाल लाई नेकपा एमालेमा राजनीतिज्ञ र बुद्दिजिबि बर्गमा गनिदै आएको छ।