Monday 20th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

झाडापखालाको प्रकोप

Saturday, October 7, 2017 National Power

 

२१ असोज,सप्तरी,  –  एक महिनाअघि बाढी पस्दा सर्वाधिक प्रभावित बनेको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको दलित बस्तीमा झाडापखाला रोगको संक्रमण फैलिएको छ ।

बाढी प्रभावित उक्त बस्तीमा प्रकोप फैलिएको चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाले सो बस्तीका ७० जनाभन्दा बढी प्रभावित भएका छन् ।

बिहीबारदेखि उपचार थालिएको र जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयलेले जनाएको छ । पीडितमध्ये मनोज मण्डल र उनकी श्रीमती गीताको अवस्था गम्भीर देखिएकाले प्रारम्भिक उपचारपछि विराटनगर सिफारिस गरी पठाइएको स्थानीयवासी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका सिनियर अहेव गुञ्जेश्वर यादवले बताउनुभयो ।

सो बस्तीमा झाडापखालाको प्रकोप देखिएको खबर आएपछि आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी खटाई शिविरसमेत चलाइएको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार हालसम्म ९० जनाको उपचार भइसकेको र प्रकोप नियन्त्रणमा आउन थालेको छ ।