Friday 27th November 2020

    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

दश किलोको घिरौँला

Saturday, October 7, 2017 National Power


२१ असोज,पर्वत – फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ ।
साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भन्नुभयो, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।”

घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उहाँले सो घिरौँला बीउको प्रयोजनका लागि वचाइराखेको वताउनुभयो ।

अस्वाभाविक ठूलो घिरौँला फलेपछि उहाँको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् । कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भन्नुभयो, “मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।”