Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

स्थानीय चुनाव हार्नेले टिकट नपाउने

Friday, October 6, 2017 National Power

२० असोज, काठमाडौं – कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ । साथै, यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा राखिने छैन ।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री शशांक कोइरालाले पेश गरेको उम्मेदवार छनोटको मापदण्डमा ती विषय उल्लेख छन् । स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिएका छन् । र, उनीहरुको नाम केन्द्रसम्म सिफारिस पनि भएको छ । साथै, अहिले समानुपातिकमा बसेकाहरुले फेरि समानुपातिकमै बस्ने इच्छा पनि देखाएका छन् ।

महामन्त्रीको प्रस्तावअनुसार निर्णय भएमा समानुपातिक सांसद कि प्रत्यक्षमा चुनाव लड्नुपर्छ नभए सांसद हुन पाउने छैनन् । साथै, स्थानीय तहमा हारेकाहरुका लागि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने बाटो औपचारिक रुपमै बन्द हुनेछ ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले पार्टी आक्रामक रुपमा चुनावमा होमिनु पर्नेमा जोड दिए । उनले भने, ‘जिम्मेवार नेताहरु चुनावमा होमिनुपर्छ, कोही पनि चुनावी मैदानबाट भाग्नु हुँदैन ।’कांग्रेसले २५ असोजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएको छ ।