Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

 दशैँमेला

Thursday, October 5, 2017 National Power

१९ असोज ,अछाम – कोजाग्रत पूर्णिमाको दिन आज जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४, तिमिल्सैनमा भव्य दशैँमेला लागेको छ ।

हरेक वर्ष तिमिल्सैनमा कोजाग्रत पूर्णिमाको दिन राँगा बोकाको बलिसहित दशैँमेला लाग्ने गर्दछ । मेलामा ऐतिहासिक सांस्कृतिक देउडा नाच, न्याउलेलगायत खेलमालका कार्यक्रम हुने गर्दछन् भने स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ ।

भक्तजनले पूजापाठसँगै आफूले भाकल गरेका राँगा बोकाको बलिसमेत चढाउने गर्दछन् । तिमिल्सैनको दशैँमेलामा राँगा बोका बलि दिएर पूजाआराधना गरेमा मनोकामना पूरा हुने धार्मिक आस्थाअनुसार परापूर्व कालदेखिनै त्यहाँ बलि दिइने गरिन्छ ।

कोजाग्रत पूर्णिमाको दिन पूजापाठसहित मुख्य मेलाको समेत आयोजना गरिएको तिमिल्सैनका स्थानीय अगुवा तथा तिमिल्सेना समाजका अध्यक्ष तिलक खत्री तिमिल्सेनाले जानकारी दिनुभयो ।