Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

आदिनाथको  एकमहिने मेला शुरु

Thursday, October 5, 2017 National Power

१९ असोज ,काठमाडौँ – काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आजदेखि एकमहिने मेला शुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन् ।

उक्त मन्दिरमा मेला भरेमा ठूलाठूला रोग नलाग्ने, कुष्टरोग निको हुने जनविश्वास छ । पारिवारिक सुख, समृद्धि कायम हुने स्थानीय बूढापाका बताउँछन् ।

आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । पुजारी सरोज शाक्यका अनुसार उक्त स्थानमा प्रत्येक वर्ष चैतेदशैका दिन पनि मेला लाग्ने गर्दछ । यो एक महिनाको अवधिमा भक्तजन निर्जला वर्त पनि बस्ने गर्छन् । पुरातत्व विभागले मन्दिर जीर्ण भएका कारण मर्मत सम्भार पनि गरेको छ ।