Tuesday 2nd March 2021

    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार    ‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली    एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री    ‘मिस नेवाः नेपाल ११४१’ को उपाधी कृषा महर्जनलाई    ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर' अवार्ड बाट ग्लोबल अनलाईन पे सम्मानित

सहकार्य आवश्यक : डा शशांक

Wednesday, October 4, 2017 National Power


१८ असोज,नवलपरासी –  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसकिएको जिकिर गर्नुभयो ।

सोही अवसरमा बोल्दै महामन्त्री कोइरालाले यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।