Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सुपर लयर खगेन्द्र जिसी द्धारा एनआरएनए केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी घोषणा

Wednesday, October 4, 2017 National Power


काठमाडौँ –  गैर आवासीय नेपाली सघं एनआरएनको हुन गईरहेको बिश्व सम्मेलनमा एनआरएन अमेरिकाका पुर्ब अध्यक्ष खगेन्द्र जिसीले उपाध्यक्षको लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।खगेन्द्र जिसी पेशाले कानून व्यवसायी हुनुहुन्छ । उहाँ अमेरिकाको न्युयोर्कलाई कार्यक्षेत्र बनाएर विगत ३५ वर्ष देखि वकिल पेशामा संलग्न रहदै आउनु भएको छ । २५ वर्ष देखि आफ्नै ल फर्म क्षेत्री एन्ड एसोसियट्स पीसीमार्फत् अमेरिकामा ल प्राक्टिस गर्दैआउनु भएको उहाँ अमेरिकी भूमीमा पहिलो नेपाली एटोर्नी हुनुहुन्छ । यो उहाँको पहिलो र ऐतिहासिक परिचय हो ।

विश्वप्रसिद्ध कोलम्बिया युनिभर्सिटीबाट कानूनमा मास्टर र फोर्डम युनिभर्सिटीबाट जुरिष्ट डक्टरेट गर्नुभएका क्षेत्री अमेरिकाका सुपर लयर हुनुहुन्छ । यो प्रतिष्ठित उपलव्धी हासिल गर्ने उहाँ पहिलो र एकमात्र नेपाली एटोर्नी हुनुहुन्छ । यो उहाँको व्यावसायिक उपलव्धीको शिखर सम्मान हो । अमेरिकी बार एसोसियसन, न्युयोर्कबार एशोसियसन जस्ता प्रतिष्ठित पेशागत संस्थाको सदस्य क्षेत्रीले इन्डो नेपाल बार एशोसियसनको महासचिवको महत्वपूर्ण जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ।

क्षेत्रीले वकालतलाई पेशा मात्र बनाउनु भएको छैन, अमेरिकामा रहेका नेपालीको सेवा गर्ने समाजसेवाको माध्यम पनि बनाउनु भएको छ । न्युयोर्कको म्यानहटनमा केन्द्रीय कार्यालय रहेको उहाँको फर्म यतिबेला न्युयोर्ककै , टेक्सास र क्यालिफोर्नियामा मात्र फैलिएको छ उहाँको त्यही सेवाका कारण आज हजारौं नेपाली अमेरिकामा कानूनी हैसियतका साथ गौरवपूर्ण जीवन बिताइरहेका छन् ।

तर, यतिमा मात्र सीमित छैन उहाँको परिचय र काम । अमेरिकाको नेपाली डायस्पोराका विभिन्न संस्था र फोरमहरुमा रहेर उहाँले नेपाली समुदायको सेवा र प्रतिनिधि मार्फत समाजसेवा पनि गर्दै आउनुभएको छ । यही क्रममा उहाँ अमेरिका–नेपाल मेडिकल फाउण्डेसन र नेपाल–अमेरिका मैत्री संघको बोर्ड मेम्बरकारुपमा कार्यरत हुनुहुन्छ । उहाँले नेपाली जनसम्पर्क समिति, अमेरिकाको संयोजकका रुपमा पनि ऐतिहासिक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । एलायन्स फरडेमोक्र्सी एन्ड ह्युमन राइट्सको संस्थापक अध्यक्ष क्षेत्री नेपाल सेन्टरको संयोजक पनि रहिसक्नु भएको छ । उहाँले न्युयोर्क सिटीको मानवअधिकार आयोगमा समेतरहेर काम गरिसक्नु भएको छ ।

नेपाली समुदायको सेवा गर्ने त्यो यात्रा यतिबेला गैरआवासीय नेपाली संघसम्म आइपुगेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिकाका पुर्ब अध्यक्ष क्षेत्रीकै कार्यकालमा एनआरएनले अमेरिकामा संस्थागत आकार ग्रहण गर्यो । केही सय सदस्य रहेको अमेरिकाको एनआरएन १०,७७६ सदस्यरहेको विश्वकै सबैभन्दा ठूलो एनआरएन अभियानमा परिणत भयो । उहाँकै सबल नेतृत्वका कारण काठमाडौंमा एनआरएन भवन निर्माण र भूकम्प राहत तथा उद्दारकार्यमा एनआरएन अमेरिकाले उल्लेखनीय सहकार्य गर्न सक्यो ।

उहाँको यो सबल नेतृत्व र कार्यकुशलतालाई अमेरिकाको नेपाली डायस्पोरामा मात्र सिमीत नराखी विश्वव्यापी बनाउन सके गैरआवासीय नेपालीको विश्वव्यापी अभियानले अरु गति पाउँने थियो भन्ने गैरआवासीय नेपाली संघ, अमेरिकाको विश्वास हो । यही विश्वासका साथ उहाँलाई आसन्न महाधिवेसनमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षको उम्मेद्वारका रुपमा प्रस्तुत गरिएको छ । बिगतको निर्बाचनमा केही मतले पराजय भोगेका जिसी यसपटक आफुलाई बलियो रुपमा प्रस्तुत भएका छन् ।

उहाँको उम्मेद्वारी संसारमै सबैभन्दा बढी सदस्य रहेको एनआरएन अमेरिकाको एनआरएन आइसीसीमा सम्मानजनक प्रतिनिधित्वको प्रश्न पनि हो । र, संसारभरकाएनआरएन एनसीसी र एनआरएन एनसीसी अमेरिकाबीचको सहकार्यको प्रारम्भ विन्दु पनि हो ।

अमेरिका कर्मभूमी बनाएका क्षेत्री आफ्नो मातृभूमी नेपालको सेवाका लागि पनि हरहमेसा तयार हुनुहुन्छ । यही क्रममा उहाँले २०४७ को संविधान निर्माणका क्रममाअमेरिकाको प्रतिनिधिका रुपमा योगदान पुर्याउनु भएको छ । गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने आवाज उठाउँदै आएका उहाँले यस प्रयोजनकालागि विभिन्न कार्यदलमा बसेर निर्णायक भूमिका निर्वाह गर्नुभएको छ । नेपालको संविधानमा व्यवस्था गरिएको गैरआवासीय नागरिकता त्यसैको परिणाम हो । तर,उहाँ अझै पनि यसले पूर्णता नपाएको र पूर्णताका लागि लागिरहने प्रण गर्नुहुन्छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएका प्रधानमन्त्री शेरबहादुर देउवाले समेत जिसीलाई उपाध्यक्षका लागि तयार रहन निर्देशन दिएका छन् । देउवाले नेपाली कांग्रेसका तर्फबाट जिसीलाई सहयोग रहने वचन पनि दिएका छन् ।

-श्रोत एजेन्सी