१७ असोज,भक्तपुर – भक्तपुर नगरपालिका– १ इताछेंस्थित एक घरमा आज बिहान आगलागी भएको छ ।
नवदुर्गा हल अगाडि रहेको कृष्णबहादुर बोयजूको घरको पाँचाँै तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भक्तपुरको जुद्धवारुण यन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीका कारण र क्षतिको विवरण नआएको प्रहरी परिषर भक्तपुरले जनाएको छ ।